चितवन–२ मा रवि दोस्रो स्थानमा

२०७९ मंसिर ६, मंगलवार १४:३३ बजे

चितवन : चितवनको क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का कृष्णभक्त पोखरेलको अग्रता कायमै रहेको छ । हालसम्म ११ हजार २८० मत गणना हुँदा पोखरेलले ३ हजार ७३८ मतका साथ आफ्नो अग्रतालाई निरन्तरता दिइरहेका छन् ।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले पछ्याइरहेका छन् । दोस्रो स्थानमा रहेका रविले ३ हजार ५२७ मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ३६२ मत प्राप्त गरेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार