चार हजार बढी मतान्तरले पछि परे सागर ढकाल

२०७९ मंसिर ६, मंगलवार १४:४५ बजे

डडेलधुरा : डडेल्धुरामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो अग्रतालाई बढाउँदै लगेका छन् । प्रतिनिधिसभा सदस्यतर्फ १९ हजार ५९६ मत गणना हुँदा देउवाले ९ हजार ७७३ मतका साथ आफ्नो अग्रतालाई बढाइरहेका छन् ।

योसँगै उनीसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका सागर ढकाल ४ हजारभन्दा बढी मत अन्तरले पछि परेका छन् । ढकालले ५ हजार १९३ मत पाएका छन् । ताजा मत परिणाम अनुसार देउवा र ढकालबीचको मत अन्तर ४ हजार ५८० रहेको छ । यसका साथै नेपाली कांग्रेस (बीपी)का उम्मेदवार कर्णबहादुर मल्लले २ हजार ६९४ मत प्राप्त गरेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार