गोरखा- २ मा तेब्बर मतान्तरले अगाडि दाहाल

२०७९ मंसिर ६, मंगलवार १५:३६ बजे

गोरखा : प्रतिनिधि सभा गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फराकिलो अग्रता लिएका छन् । दाहाल निकटतम प्रतिद्वन्द्वी भन्दा झण्डै तेब्बर मतान्तरले अगाडि छन् ।

१२ हजार ६ सय १५ मत गणना हुँदा दाहालले ७ हजार २ सय ७८ मतका साथ अग्रता लिएका हुन् । २ हजार १० मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले दाहाललाई पछ्याइरहेका छन् । नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँ भने तेस्रोमा छन् । मियाँले १ हजार ६ सय ९८ मत ल्याएका छन् । गोरखा क्षेत्र नम्बर १ मा पनि सत्ता गठवन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाईंले मतान्तर बढाएका छन् । बजगाईंले १ हजार ८सय २१ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार रामशरण बस्नेतले ४ सय १९ मत ल्याएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार