१९२९.७० बिन्दुमा नेप्से, कारोबार रकम १ अर्ब ३५ करोड

२०७९ मंसिर ६, मंगलवार १६:२९ बजे

काठमाडौं : मंगलबार नेप्से परिसूचक ७.१३ अंकले घटेको छ। आज नेप्से ०.३७ प्रतिशतले घटेर १९२९.७० बिन्दुमा पुगेर बन्द भएको छ।नेप्से परिसूचकसँगै आज कारोबार रकममा पनि कमी आएको छ। अघिल्लो कारोबार दिन अर्थात् बिहीबार १ अर्ब ७१ करोड ५४ लाख १९ हजार २८६ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज १ अर्ब ३५ करोड २८ लाख ८५ हजार ७७९ रुपैयाँ पुगेको छ।

यस दिन २२८ वटा धितोपत्रको ३७ लाख ६३ हजार ८३६ कित्ता सेयर किनबेच भएको छ।मंगलबार जानकी फाइनान्सको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ। उक्त कम्पनीको सेयर मूल्य ६.२३ प्रतिशतले वृद्धि भएर प्रति कित्ता मूल्य ३७५ रुपैयाँमा बन्द भएको छ।

त्यस्तै, खप्तड लघुवित्तको सेयर मूल्य ३.९९ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३१५ रुपैयाँ ३० पैसा कायम भएको छ। यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा युनिलिभर नेपाल रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ५.५८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य १८ हजार ६०१ रुपैयाँमा झरेको छ।

त्यस्तै, सिक्लेस हाइड्रोपावरको सेयर मूल्य ४.४८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३७१ रुपैयाँ कायम भएको छ। यस दिन सर्वाधिक सेयर खरिद–बिक्री नेपाल बैंकको भएको छ। कम्पनीको २८३ रुपैयाँमा १२ करोड १६ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।

यो मूल्य अघिल्लो दिनको तुलनामा १.०७ प्रतिशतले बढेको हो।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिडी पावर रहेकोे छ। उक्त कम्पनीको ५१३ रुपैयाँमा ८ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ र उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.०९ र ०.०३ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।

यस दिन विकास बैंक समूहको परिसूचक सर्वाधिक १.४४ प्रतिशतले घटेको छ। त्यस्तै, अन्य समूहको परिसूचक १.२२ प्रतिशतले घटेको छ

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार