पहिलो हाफमा साउदीविरुद्ध अर्जेन्टिनालाई १–० को अग्रता

२०७९ मंसिर ६, मंगलवार १६:४४ बजे

विश्वकप : उपाधि दाबेदार अर्जेन्टिनाले फिफा विश्वकपमा साउदी अरेबियाविरुद्ध पहिलो हाफमा अग्रता बनाएको छ। अल दयानस्थित लुसाइल स्टेडियममा खेलको पहलिो हाफमा अर्जेन्टिनाले १–० ले अग्रता बनाएको हो।

खेलको नवौँ मिनेटमा साउदी अरेबियाका खेलाडीले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्रीले भीएआरको सहायतामा अर्जेन्टिनालाई पेनाल्टीको अवसर दिएका थिए। खेलको १०औँ मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टी अवसर खेर जान दिएनन्।

खेलमा अर्जेन्टिनाले ३ गोल साउदी अरेबियाको पोष्टमा गरेपनि रेफ्रीले अफसाइड दिँदै गोलको मान्यता दिएनन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार