अर्जेन्टिनाविरुद्ध साउदीले लियो अग्रता

२०७९ मंसिर ६, मंगलवार १७:२५ बजे

काठमाडौं :कतारमा जारी फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को पहिलो खेलमा साउदी अरबले अर्जेज्टिनाविरुद्ध २–१ गोलको अग्रता लिएको छ ।

लुसाइल रंगाशालामा जारी खेलको पहिलो हाफमा मेसीको गोलमा अग्रता लिएको अर्जेन्टिनाले जारी खेलको दोस्रो हाफमा अग्रता बचाईँरान नसक्दा पाँच मिनेटको अन्तरमा दुई गोल खायो ।

खेलको ४८औं मिनेटमा साउदीका फरवार्ड सालेश एन्हेरीले साउदीका लागि बराबरी गोल फर्काएका थिए । मिडफिल्डर सालिम अल्लावासरीले गोल गर्दै साउदीलाई अर्जेज्टिनाविरुद्ध २–१ को अग्रता दिलाए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार