डेनमार्क र ट्युनिसियाको खेल गोलरहित बराबरी

२०७९ मंसिर ६, मंगलवार २१:१४ बजे

काठमाडौं : कतारमा जारी फिफा विश्वकप फुटबलमा समूह डी मा रहेका डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेलेका छन् ।

एजुकेसन सिटी स्टेडियममा भएको खेलमा डेनमार्क र ट्युनिसियाले बराबरी खेल्दै एक एक अंक पाए ।

२२औं संस्करणको विश्वकपमा गोलरहित बराबरीमा टुङ्गिएको यो पहिलो खेल हो भने समग्रमा दोस्रो बराबरी हो ।

यसअघि अमेरिका र वेल्सले १-१ को बराबरी खेलेका थिए ।

६२ प्रतिशत बल पोसेसन राखेको डेनमार्क खेलमा अघि देखिएको थियो । डेनमार्कले ११ सट प्रहार गर्दा ट्युनिसियाले १३ सट प्रहार गरेको थियो । तर गोल गर्न भने सकेनन् ।

खेलमा डेनमार्कका लागि आन्द्रेज कोर्नेलिउसले पाएको अवसर सदुपयोग गर्न सकेनन् । उनको प्रहार पोष्टमा लागेको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार