बुद्धि तामाङ ‘हैट’ले ४० वर्ष नपुग्दै कस्न लागे लगनगाँठो

२०७९ आश्विन ७, शुक्रबार १०:२६ बजे

काठमाडौं : ‘हैट’ थेगोले लोकप्रिय नेपाली चलचित्र जगतका लोकप्रिय कलाकार बुद्धि तामाङ ४० वर्ष नपुग्दै विवाह बन्धनमा बाँधिने भएका छन् । प्राप्त भएको सुचनाअनुसार बुद्धिले मकवानपुरकी अनु थिङ तामाङसंग आज लगठगाँठो कस्न लागेका हुन् ।

काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ३ कुडवालमा जन्मिएका बुद्धिले ८० वटा भन्दा बढी नेपाली चलचित्र, म्युजिक भिडियो, नाटकमा अभिनय गरिसकेका छन् । सार्वजनिक समारोह, अन्तरवार्ताहरुमा उनलाई पटकपटक विवाह कहिले गर्ने भन्ने प्रश्नले हैरान बनाउथे । विवाहको कुरा निकाल्ने बित्तिकै पन्छिने गरेका तामाङले अनुसँग तामाङ संस्कारमा विवाह गर्ने भएको छ ।

भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको बिहेमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन् । ‘कबड्डी’ फेम्ड अभिनेताले मागी विवाह गर्न लागेका हुन् । ३० वर्षीया थिङ स्नातक अध्ययनरत विद्यार्थी समेत हुन् । परिवारकै माध्यमबाट उनीसँग भेटेको बुद्धिले जानकारी दिए ।

पोङमा रहेको सगुन केटा केटीले ग्रहण गरेपछि विवाहको साइत हेरेर अनुकुलतामा केटाको घरमा लाने प्रचलन छ । सोही विधि अनुसारनै तामाङको विवाह आज पक्का भएको थियो । विशेषगरी हास्य कलाकारको भूमिकामा देखिने तामाङले सांघुरो, कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर -६, घामपानी,छक्का पञ्जा, नाइ नभन्नु ल, वीर बिक्रम, जय भोले लगायत चलचित्रमा अभिनाय गरिसकेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार