अस्ट्रेलियाको भिसा नलागेपछि कन्सल्टेन्सीको भागाभाग

२०७९ आश्विन ७, शुक्रबार १०:४३ बजे

काठमाडौँ : दाङका नरेन्द्र खड्का (नाम परिवर्तन) ले काठमाडौँको एउटा कलेजबाट फिजिक्समा विएससी गरे । सन २०२० मा विएससी सकाएका उनले थप अध्ययनका लागि अस्ट्रेलिया जाने योजना बनाए । परिवारको आर्थिक अबस्था सामान्य रहेका खड्का आर्थिक रुपमा पनि सहयोग गर्ने कन्सल्टेन्सीको खोजिमा थिए ।

खोज्दै जाँदा बागबजारको एउटा कन्सल्टेन्सीले उनको सपना पुरा गरिदिने भयो । उनी जस्ता मुर्गालाई नक्कली डकमेन्ट बनाएर अस्ट्रेलिया पठाउन पल्केका ति व्यवसायीले अर्को मुर्गा फेला परेको भन्दै खुशिले गदगद भए । खड्काले भने अनुसारको डकुमेन्ट बनाइदिए ।

भिसा एप्लाई गरेकै बेलामा अस्ट्रेलियन सरकारले भिसा पोलिसी परिवर्तन गरिदियो । त्यसपछि उनको अस्ट्रेलिया जाने सपना चकनाचुर भयो । अस्ट्रेलियन हाइकमिसन नयाँ दिल्लीले थप डकुमेन्ट आवश्यक भएको भन्दै एस-५६ अनुसार डकुमेन्ट पेस गर्न इलेल गर्यो । उनले बनाएका डकुमेन्ट नक्कली भएकाले फेरी पेस गर्न आँट गरेनन् ।

नक्कली डकुमेन्ट भएको प्रमाणित भए अस्ट्रेलियाको अध्यागमन कानुन अनुसार तीन बर्ष भिसा एप्लाई गर्न नपाइने भएकाले कन्सल्टेन्सीले पनि थप डकुमेन्ट हाल्न जोड गरेन । कन्सल्टेन्सीले फायल झिक्न सल्लाह दियो । उनले फायल भिकेको एक महिनाभन्दा बढि भइसकेको छ । कलेजले यताबाट पठाएको ट्युसन फिस् फिर्ता पठाइसकेको छ । तर बीमा बापत कन्सल्टेन्सीलाई दिएको रकम अहिलेसम्म फिर्ता भएको छैन ।

उनले कलेजको ट्युसन फिस् बैंकमार्फत कलेजको खातामा पठाएका थिए भने बीमा बापतको रकम १ लाख ३५ हजार कन्सल्टेन्सीलाई दिएका थिए । केही दिन अघिसम्म बीमा बापतको रकम फिर्ताको प्रक्रियामा रहेको बताउने व्यवसायी अहिले सम्पर्क बिहिन भएका छन् । भिसा लगाउँदा विद्यार्थीको स्वास्थ्य बीमा अनिवार्य हुनुपर्छ । विद्यार्थीले कति बर्षको कोर्ष हो त्यही अनुसार एकमुष्ट इन्सुरेन्स रकम तिर्न पर्ने हुन्छ । बजारमा इन्सुरेन्स गर्ने दुई थरिका कम्पनीहरु छन् ।

एक थरिका कम्पनीहरुले बीमाको पोलिसी खरिद गरिसकेपछि प्रिमियम नतिरेरै बीमा गरेको सर्टिफिकेट दिने गरेका छन् भने अर्कोथरी कम्पनीहरुले प्रिमियम तिरेपछि मात्र बीमा गरेको सर्टिफिकेट दिने गरेका छन् । प्रिमियम नतिरेर पनि बीमा गर्ने कम्पनीमध्ये एक हो एनआईबी-ओभर्सिस् इस्टुडेन्ट हेल्थ इन्सुरेन्स एण्ड हेल्थ कभर । यो अस्ट्रेलियाको कम्पनी हो । यो कम्पनीका नेपालमा दुई सय बढि एजेण्ट रहेका छन् जो कन्सल्टेन्सी संचालक हुन । उनीहरुले विद्यार्थीबाट प्रिमियम उठाउँछन् । बीमा गरेको सर्टिफिकेट पनि दिन्छन् तर पैसा आफूसँगै राख्छन् । बिद्यार्थीको भिसा लागेको खण्डमा प्रिमियम तिरिदिन्छन् वा कसैले बीमा नगरेरै प्रिमियम बापतको आफै झ्याम पारिदिन्छन् । भिसा नलागेको खण्डमा बिद्यार्थीलाई जस्ताको तस्तै रकम फिर्ता गर्न पर्ने हुन्छ ।

खड्काले एप्लाई गरेको कन्सल्टेन्सीले एक सय बढि विद्यार्थीको भिसा एप्लाई गरेको थियो । एक सय बढि विद्यार्थीबाट लिएको रकम अर्कै प्रयोजनमा खर्च गरेको रहेछ । अहिले उनलाई उक्त रकम तिर्न हम्मेहम्मे परेको छ । त्यही भएर ति कन्सल्टेन्सी संचालक फरार भएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार