चाडबाडको मुखैमा बढ्यो सुनको मूल्य

२०७९ आश्विन ७, शुक्रबार ११:३६ बजे

काठमाडौँ :नेपाली बजारमा सुनको मूल्य बढेको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला ९२ हजार ८ सय रुपैयाँ तोकिएको छ।

बिहिबार प्रति तोला ९१ हजार८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर प्रति तोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको छ।शुक्रबार चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार