गाडीमुनि खेल्न पुगेका १७ महिने बालकको त्यही गाडीले किचेर मृत्यु

२०७९ आश्विन ७, शुक्रबार १३:२६ बजे

भक्तपुर : भक्तपुरको मध्यपुर थिमि लोकन्थली त्रिपुरासुन्दरी ग्रिल उद्योग अगाडि शुक्रबार खेल्दाखेल्दै गाडीमुनि पुगेका एक १७ महिने बालकको गाडीले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई हाल लोकन्थली बस्ने केशवलाल श्रेष्ठको छोरा १७ महिनाको सलिन श्रेष्ठ हुन् ।

पानी झार्न रोकिराखेको बा५ख ७८१७ नम्बरको निशान गाडीमुनि खेल्दाखेल्दै छिरेका बालकलाई गाडी अगाडि बढाउँदा गाडीले किचेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

गाडीले किचेपछि घाइते भएका बालकलाई उपचारका लागि समिट अस्पताल लोकन्थली लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी वृत्त थिमिबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान थालेको छ ।

घटनापछि सवारीसाधन र चालक सिन्धुपाल्चोक मेलम्ची गाउँपालिका (३ घर भई हाल काठमाडौं मूलपानी बस्ने वर्ष २३ को आकाश भुजेललाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार