सूर्य नेपालले बजारमा ल्यायो पुष्पाञ्जली प्रिमियम अगरबत्ती

२०७९ आश्विन ७, शुक्रबार १३:०९ बजे

काठमाडौं : नेपालकै अग्रणी व्यवसायिक संस्था सूर्य नेपाल प्रा.लि.ले आफ्नो नयाँ उत्पादन मंगलदीप पुष्पाञ्जली पूजा अगरबत्ती नेपाली बजारमा सार्वजनिक गरेको छ । आकर्षक प्याकेजिङ्गले सुसज्जित पुष्पाञ्जली अगरबत्तीको हरेक प्याकमा ९ इन्चका ८० वटा ब्राउन रङ्गका सुगन्धित काँटीहरू हुनेछन् ।

अगरबत्तीको प्रतिप्याक बिक्री मूल्य १०० रूपैयाँ कायम गरिएको छ। अगरबत्तीमा फूलको थप सुगन्ध भएकाले हरेक शुभकार्यको निमित्त उपयुक्त हुने दाबी कम्पनीले गरेको छ। कम्पनीले प्रिमियम अगरबत्ती खोज्ने ग्राहकको मन जित्ने विश्वास राखेको छ।

मंगलदीप पूजा अगरबत्तीअन्तर्गत चम्पा, अर्पण, स्यान्डल, ल्यावेंडर, ज्यास्मिन, त्रिसारा, र त्रेया लगायतका विभिन्न ब्रान्डहरू बजारमा उपलब्ध रहेको जानकारी पनि कम्पनीले दिएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार