निर्वाचन अधिकृत तोकेको दोस्रो दिनमै हेरफेर

२०७९ आश्विन ७, शुक्रबार १४:२८ बजे

काठमाडौं : निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत तोकेको दोस्रो दिनमै दुई वटा क्षेत्रका अधिकृत हेरफेर गरेको छ ।
असोज ११ गतेदेखि लागू हुने गरी इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा खटाइएका सर्वोच्च अदालतका उपसचिव देवेन्द्र ढकाललाई हटाइएको छ । उनको ठाउँमा सर्वोच्चकै उपसचिव राजकुमार दाहाललाई खटाइएको छ ।

यस्तै बागलुङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा खटाइएका उच्च सरकारी वकिल कार्यालय बागलुङका अशोकराज रेग्मीलाई पनि हटाइएको छ । उनको ठाउँमा जलस्रोत तथा सिंचाइ विभागका कानूनतर्फका उपसचिव बाबुराम पाण्डेलाई खटाइएको आयोगले जनाइको छ ।

आयोगले बुधबारमात्रै ७७ जिल्लाका न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र बाँकी ८८ वटा निर्वाचन क्षेत्रमा न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका उपसचिवलाई निर्वाचन अधिकृत तोकेको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार