पशुपालक कृषकलाई उपहार दिने भनेर राखिएको मोबाइल कार्यालय बाटै गाएब

२०७९ आश्विन ७, शुक्रबार १५:४५ बजे

डोल्पा : डोल्पाको पशु अस्पताल तथा पशुसेवा कार्यालयले पशुपालक कृषकलाई दिने अनुदानका मोबाइलसमेत गायब भएको छ । जिल्लामा ५० भन्दा धेरै भेडाबाख्रा पालन गरेका कृषकलाई प्रोत्साहनबापत प्रदान गरिने २५ थान साधारण मोबाइल फोन कार्यालयकै कर्मचारीले लुकाएर राखेको आरोप लागेको छ ।

पशुपालन गर्ने कृषकहरूलाई सहजै कार्यालयसँग सञ्चारको पहुचमा जोड्नको लागि प्रोत्सान स्वरुप प्रदान गर्ने मोबाइल समेत खरिद गरी कृषकलाई नदिएर कार्यालय प्रमुखको मिलोमतोमा लुकाएर राखिएको आरोप लगाएको छ ।

आ.व. २०७८/०७९ को कार्यक्रमअनुसार ५० भन्दा बढी भेडाबाख्रा पालन गरेका कृषकहरुलाई प्रोत्साहन स्वरुप वितरण गर्ने उद्देश्यले पशु अस्पताल तथा पशु सेवा कार्यालय डोल्पाले बाँके नेपालगञ्जको निशान कम्प्युटर ट्रेडर्सबाट २७ थान साधा मोबाइल फोन खरिद गरि कार्यालयमा ल्याएको र कुनै पनि कृषकलाई नदिएको तथ्य सार्वजानिक भएको छ । प्रशिक्षण लिँदा पशुपालक कृषकलाई पाल, गमबुट र मोबाइल दिने भनेर जानकारी गराएको थियो , तर आफूले नपाएको कृषक अर्जुन भण्डारीले बताए ।

कार्यालय प्रमुख परिवर्तन भएकोले पनि भुलचुक भएको हो भनेर हालका कार्यालय प्रमुख नवराज न्यौपानेले कृषकहरूलाई अलमल्याउने काम गरेको भण्डारीले बताए । जिल्ला भरका पशुपालक कृषकलाई अनुदानको लागि आवेदन माग्ने र उत्कृष्ट पशुपालक कृषकलाई प्रोत्साहन स्वरुप पशुपालनका लागि सहज हुने सामग्री प्रदान गर्ने कार्यालयको नियमित कार्यक्रम हो ।

सोहीअनुसार खरिद भएको साधारण मोबाइल २५ थानमा कार्यालयमा जम्मा १५ थान मात्रै भेटिएका छन । बाँकी १० थान मोबाइल कुन कृषकले लिए भन्ने कुनै कागजी प्रमाण भने छैन । न त कतै लिखित कागजात छन न त ५० भन्दा धेरै भेडाबाख्रा पालन गर्ने कृषकको विवरण नै छ, तर पनि कार्यालय प्रमुखले भने १० थान बाँडिएको र अन्य १५ थान पनि वितरण गर्ने योजना रहेको निमित्त कार्यालय प्रमुख न्यौपाने बताउँछन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार