सशस्त्र प्रहरी प्रवक्तामा एसएसपी थापा

२०७९ आश्विन ७, शुक्रबार १६:४० बजे

काठमाडौं : सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी बरिष्ठ उपरिक्षक (एसएसपी) पुरुषोत्तम थापालाई दिइएको छ । आईजीपी राजु अर्यालले शुक्रवार थापालाई प्रवक्ता र सूचना अधिकारीको जिम्मेवारी दिएका हुन् ।

यसअघि सशस्त्र प्रहरी बलको प्रवक्ता रहेका डीआईजी विदुर खड्काको सरुवा भएको छ । गृह मन्त्रालयले खड्कालाई नम्बर–५ विन्ध्याबासनी बाहिनी मुख्यालयमा काज सरुवा गरेको छ । नवनियुक्त प्रवक्ता थापालाई ९८५१२७२००७ मा सम्पर्क गर्न सकिन्छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार