कन्तराले तोड्यो केजीएफ २ को रेकर्ड

२०७९ मंसिर ७, बुधबार ११:०४ बजे

मुम्बई : कन्नड स्टार ऋषभ शेट्टीको फिल्म ‘कन्तरा’ले बक्सअफिसमा तहल्का मच्चाइरहेको छ । यो फिल्मले रिलिजको दुई महिनापछि पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

फिल्म सेप्टेम्बर ३० मा कन्नड भाषामा रिलिज भएको थियो । फिल्मले प्राप्त गरेको प्रतिक्रिया हेरेपछि निर्माताले हिन्दी भर्सनमा पनि रिलिज गरेका थिए । १६ करोडको बजेटमा बनेको यो फिल्मले मंगलबारसम्म बक्सअफिसमा ४ सय करोड रुपैंयाँको आँकडा पार गरिसकेको छ । ४ सय करोड आँकडा पार गर्ने यो दोस्रो कन्नड फिल्म हो ।

फिल्मले यशको ब्लकबस्टर फिल्म ‘केजीएफ २’को रेकर्ड तोडेको छ । फिल्मले कर्नाटकमा हालसम्म १६८ करोड, तमिलनाडुमा १२ दशमलब ७० करोड, केरलामा १९ दशमलब २०, तेलंगानामा ६० करोड, नर्ड इण्डियामा ९६ करोड र ओभरसिजमा ४४ दशमलब ५० करोड रुपैंयाँ कलेक्सन गरेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार