पूर्व उपविजेता क्रोएसियासँग भिड्दै मोरक्को, कसले मार्ला बाजी?

२०७९ मंसिर ७, बुधबार १६:१४ बजे

काठमाडौँ : सन् २०१८ को उपविजेता टोली क्रोएसियाले कतार विश्वकपअन्तर्गत समूह एफ को खेलमा बुधबार मोरक्कोसँग खेल्दै छ। अल बायत स्टेडियममा दिउँसो पौने ४ बजे हुने खेलमा समूह चरणमा सुखद सुरुवात गर्न चाहन्छन्।

छैटौँ पटक विश्वकप खेल्न लागेको मोरक्कोले अहिलेसम्म समूह चरण पार गर्न सकेको छैन। समूह एफ मा कमजोर टोलीको रुपमा रहेको मोरक्को यो पटक समूह चरण पार गर्दै नयाँ इतिहास बनाउन चाहन्छ।

मोरक्कोसँग अच्राफ हाकिमी र नायफ अगुएर्डको साथमा समूह चरण पार गर्न चाहन्छ। सन् २०१८ को उपविजेता टोली क्रोएसिया २०२२ मा उपाधि जित्ने दाउमा छ।

ज्लात्को डालिकको प्रशिक्षणमा रहेको क्रोएसिया लुका मोड्रिचको नेतृत्वमा मैदान उत्रिनेछ। मोड्रिच सम्भवतः अन्तिम विश्वकप खेल्दै छन्। मोड्रिच बाहेक क्रोएसियासँग जो इभान पेरिसिक, माटेओ कोभासिक र मोर्सेलो ब्रोजोभिक जस्ता प्रमुख खेलाडीको साथमा खेल्नेछ।

पाँचौ पटक विश्वकप खेल्न लागेको क्रोएसियाको नजर यो पटक उपाधि माथि छ।क्रोएसिया र मोरक्को यसअघि सन् १९९६ मा आमनेसामने भएका थिए। सो खेल निर्धारित समयमा २–२ को बराबरी भएपछि पेनाल्टीमा क्रोएसियाले ७–६ को जित निकालेको थियो।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार