राष्ट्र बैंक २० अर्बको ट्रेजरी बिल खरिद गर्दै

२०७९ मंसिर ८, बिहीबार १२:४९ बजे

काठमाडौँ : नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ट्रेजरी बिल खरिद गर्ने भएको छ। यसका लागि ट्रेजरी बिल बिक्री गर्न चाहने बैंक तथा वित्तिय संस्थाले आज बिहिबार २ बजेसम्म अनलाइन माध्यमबाट बोलकबोल गरिसक्नुपर्नेछ। ट्रेजरी बिलको खरिद मिति भने भोलि मंसिर ९ गते तय गरिएको छ।

बोलकबोल गर्दा काउण्टर पार्टीले बिक्री गर्न चाहेको तोकिएको भुक्तानी मिति भएका नेपाल सरकारका ट्रेजरी बिल्सको सिरिज नं. र परिमाण उल्लेख गर्नु पर्नेछ। बोलकबोल गर्दा ट्रेजरी बिलको परिमाणको मूल्यमा बोलकबोल गर्नुपर्नेछ। उदाहरणका लागि १ सय रुपैयाँको ट्रेजरी बिल कति मूल्यमा विक्री गर्ने हो सो रकम बोल गर्नुपर्नेछ।

ट्रेजरी बिल्सको परिमाण ५ करोड वा ५ करोड रुपैयाँले भाग लाग्ने दरले खरिद आव्हान गरेको रकमसम्म बोलकबोल गर्न सक्नेछन्। तर एउटा सिरिजको ट्रेजरी बिल्सका लागि एउटा मात्र बोलकबोल गर्नुपर्ने नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार