बाँके ३ मा कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौर विजयी

२०७९ मंसिर ८, बिहीबार १२:५४ बजे

काठमाडौं : बाँके निर्वाचन क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार किस्मतकुमार कक्षपतिलाई हराउँदै राठौरले २९ हजार ४० मत ल्याएका छन् ।

कक्षपतिले २४ हजार २४७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवेन्द्रनाथ शुक्लाले ७ हजार ४३९ मत प्राप्त गरेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार