काठमाडौंमा जितेका सबै सांसदलाई दिए बालेनले बधाई

२०७९ मंसिर ८, बिहीबार १६:५० बजे

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधि सभा सदस्य निर्वाचित काठमाडौंका १० वटै क्षेत्रका सांसदलाई बधाई दिएका छन्। उनले महानगरलाई सुन्दर र समतामुलक बनाउन सबैको साथ आवश्यक हुने उनले बताएका छन्।

‘भर्खर सम्पन्न निर्वाचन सबै उम्मेदवारहरुको कोशिसको सम्मान छ। निर्वाचितहरुलाई बधाई र शुभकामना छ। काठमाण्डौँ महानगरपालिका देशकै राजधानी हो। देशभरिका मानिसहरुको प्रत्यक्ष सरोकारका धेरै विषयहरुमा काठमाडौं महानगर जोडिनु पर्ने अवस्था हुन्छ,’ बालेनले भनेका छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार