गुल्मी– १ मा फेरि चन्द्र भण्डारीको अग्रता

२०७९ मंसिर ८, बिहीबार २०:०६ बजे

गुल्मी : गुल्मी क्षेत्र १ मा नेपाली काँग्रेसका डा.चन्द्र भण्डारी र एमालेका प्रदिप ज्ञवालीबीच कडा प्रतिस्पर्धा देखिएको छ। मतगणना सुरु भएदेखि नै ज्ञवाली र भण्डारी बीच झिनो मतान्तरले प्रतिस्पर्धा छ। निर्वाचन कार्यालयका अनुसार भण्डारीले १९७५६ मत प्राप्त गरेका छन् भने ज्ञवालीले १९१८२ मत प्राप्त गरेका छन्। अहिले भण्डारीले ५ ८४ मतले अग्रता लिएका छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार