अनुभव आदानप्रदानका लागि वीरगञ्जका मेयर र उपमेर पोखरा जाने

२०७९ श्रावण ९, सोमबार ०९:०२ बजे

वीरगञ्ज – मेयर सम्मेलनमा भाग लिन वीरगञ्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंह र उप प्रमुख (उप मेयर )इम्तियाज आलम पोखरा जाने भएका छन् ।यही साउन १३ र १४ गते पोखरामा हुने देशैभरका महानगरपालिकाका मेयर , उप मेयर तथा प्रमुख अधिकृतहरु सम्मेलनमा सहभागी हुन पोखरा जान लागेका हुन।पोखरा महानगरपालिकाको आयोजनामा हुन लागेको सम्मेलनमा ६ वटै महानगरका प्रमुख तथा उप प्रमुख र प्रमुख अधिकृत हरु सहभागी हुने छन् ।वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंहसँगै भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, ललिततपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला सहभागी हुनेछन् ।

६ वटा महानगरमध्ये ललितपुर र भरतपुरमा पूरानै मेयर छन् भने अरू ४ महानगरमा नयाँ मेयर निर्वाचित भएका छन् । पुराना मेयरको अनुभव सुनेर नयाँ मेयरले कामको कार्ययोजना बनाउन सजिलो हुने पोखरा महानगरले जनाएको छ ।महानगरपालिकामा हुने गतिविधि, ऐन कानुन, आवश्यक सुधार लगायतका बारेमा बिचार एवम् अनुभवको आदान प्रदान गर्नका लागि महानगरका मेयरहरुको सम्बन्ध बिस्तारमा पनि सघाउ पुग्ने अभिप्रायले मेयर सम्मेलनआयोजना गरिएको हो ।

यसअघि पनि पोखरा महानगरकै आयोजनामा मेयर सम्मेलन भएको थियो । सम्मेलनमा महानगरको संचालन कानुन फरक हुनुपर्ने आवाज उठे पनि कार्यान्वयनमा गएको थिएन ।यसपालि पनि महानगरको छुट्टै सञ्चालन ऐन निर्माणका लागि छलफल हुन सक्ने बताइएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार