नाडा अटो एक्सपो स्थगित

२०७९ श्रावण १०, मंगलवार २०:५२ बजे

काठमाडौं : नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले हरेक वर्ष काठमाडौंको भृकुटिमण्डलमा गर्ने गरेको अटो एक्सपो यस वर्ष स्थगित गरेको छ ।

भाद्र ७ गते देखि १२ गतेसम्म गर्ने भनिएको अटो एक्सपो सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध साउन १ गतेदेखि खोल्ने भनेकोमा सो समयावधि थप गरेर भाद्र १४ गतेसम्मका लागि विस्तार गरी १५० सि.सि भन्दा माथिका दुई पाँगे्र सवारी साधनहरुको आयातमा समेत थप प्रतिवन्ध लगाए पछि नाडाले यस्तो निर्णय गरेको बताएके छ ।

नाडाका अध्यक्ष धु्रव थापाको अध्यक्षतामा श्रावण ८ गते काठमाण्डौमा बसेको नाडाको केन्द्रीय कार्य समितिको सातौं बैठकले यस्तो निर्णय गरेको नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार