नागरिकता विधेयकविरुद्ध राप्रपा नेपालको विद्यार्थी संगठनद्वारा राँके जुलुस

२०७९ श्रावण १०, मंगलवार २१:५० बजे

काठमाडौं : संसदबाट पास गरिएको नागरिकता विधेयकको विरुद्धमा राप्रपा नेपाल सम्बद्ध विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालले काठमाडौंको कीर्तिपुर क्षेत्रमा राँके जुलुस प्रदर्शन गरेको छ । मुलुकको राष्ट्रियता, सम्प्रभुता, अखण्डता र स्वाभिमानमाथि गम्भीर आँच पुर्याउने भन्दै राप्रपा नेपाल सम्बद्ध विद्यार्थी संगठनले विरोध जनाएका हुन् ।

नागरिकता विधेयकको बुँदाहरु बिबादास्पद ,अनुचित र राष्ट्रहित विपरित भएको उनीहरुको भनाइ छ। नागरिकता संवेदनशील विषय भएको मुलुकको स्वाभिमान , स्वतन्त्रता र अस्तित्वसँग गाँसिएको विषय भएको भन्दै विद्यार्थी संगठनले संसदबाट पास गरिएको नागरिकता विधेयकको विरोध गरेको संगठनका अध्यक्ष चेतराज सिंहले बताए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार