कराँते प्रशिक्षकद्वारा जबर्जस्ती करणी प्रकरणस् परीक्षामा सहयोग गरेबापत बलात्कार !

२०७९ श्रावण १०, मंगलवार २१:५७ बजे

विराटनगर : सुरज सुवेदी विराटनगरस्थित विराट हेल्थ कलेजमा अनुशासन विभागका (डिआई इन्चार्ज) हुन् । उनै सुवेदीले सोही कलेजकी एक युवतीलाई परीक्षामा सहयोग गरेबापत बलात्कार गरेको उजुरी परेको छ । उक्त बलात्कारमा सुवेदी सहित विराटनगरका विनोद राउत पनि संलग्न रहेको उजुरीमा छ ।

७ वर्षअगाडिदेखि जागिर खाएका उनले १ वर्ष अगाडीदेखि ती किशोरीसँग चिनजान गरेका थिए । कलेजले लिने परीक्षामा ती किशोरीलाई सुवेदीले सहयोग गरेका थिए । सहयोग गरेको भन्दै सुवेदी जेठमा किशोरीको कोठामा गए र मादक पदार्थ सेवन गरी बलात्कार गरे ।

कोठा बाहिर पानी लिन गएको मौका छोपी सुवेदीले युवतीलाई मापसे गर्नु अगाडि औषधि हालेर पिलाएका थिए । युवती बेहोस बनाएपछि उनले करणी गरेको र भिडियो पनि खिचेको उजुरीमा उल्लेख छ । त्यही भिडियो देखाएर सुवेदीले आफू र उनका साथी विनोद राउत मिलेर विराटनगर अस्पताल अगाडिको एक होटलमा जबरजस्ती करणी गरेको पीडित किशोरीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

‘डेरामा सुवेदीले जबरजस्ती गरेपछि भिडियो बनाएको धम्की दिने गरेका थिए । करणी गरेको हल्ला गरे भिडियो सार्वजानिक गरिदिने धम्की दिदै सुवेदी र राउतले पटक पटक होटलमा लगेर जबरजस्ती करणी गरे,’ जाहेरीमा उल्लेख छ ।

सुनसरी घर भई विराटनगरको नर्सिङ कलेजमा अध्ययनरत छात्रा राउत र सुवेदीले पटकपटक जबर्जस्ती करणी गरेको उजुरी परेपछि उनीहरुलाई पक्राउ गरि अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राउत र सुवेदी मोरङ जिल्ला कराँतेका स्थायी सहायक प्रशिक्षक हुन् । उनीहरू २०५२ सालदेखि कराँतेको सहायक प्रशिक्षक भएर काम गर्दै आएका थिए । प्रहरीले मंगलबार दोस्रो पटक मोरङ अदालतमा जबरजस्ती करणी मुद्दामा म्याद थप गरि अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

साउन ८ गते पक्राउ परेका उनीहरूलाई प्रहरीले सोही दिन दुई दिनको म्याद थप गरेको थियो । मंगलबार म्याद थप गरेको समय सीमा सकिएपछि दोस्रो पटक दुई दिनको म्याद थप गर्दै अनुसन्धान गर्न अनुमति दिएको मोरङ अदालतका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए । पक्राउ परेका आरोपी मध्ये सुवेदीले पछिल्लो पटक असार २८ गते किशोरीको डेरामा जबरजस्ती करणी गरेको आरोप छ ।

राउत एमाले निकट नेपाल खेलकुद महासंघ अन्तर्गतको विज्ञ विभागका सचिव हुन् भने सुवेदी खेलकुद महासंघका केन्द्रीय सदस्य हुन् । राउत कराँते मोरङका सहायक प्रशिक्षक, मोरङ तालिम विभागको उपनिर्देशक पनि हुन् । उनी विराटनगरका विभिन्न सामाजिक संघसंगठनमा पनि रहेका छन् भने जग्गा कारोबारी पनि हुन् । सुवेदी भने विराटनगर अस्पतालका सुरक्षा विभागमा कार्यरत छन् । उनी पनि एमाले निकट खेलकुद संगठनहरुमा सक्रिय छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार