‘प्रेमगन्ज’ ट्रेलर : दुई कालखण्डको प्रेमदेखि बार डान्ससम्म

२०७९ श्रावण १०, मंगलवार २१:५९ बजे

काठमाडौं : फिल्म ‘प्रेमगन्ज’ को ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेट ३० सेकेन्डको ट्रेलरमा दुई कालखण्डको प्रेमकथा र बारको नृत्य समेत देखाउन खोजिएको छ ।

३ भदौबाट प्रदर्शनमा आउँने फिल्ममा अभिनेत्री बेनिशा हमाल र नव–अभिनेता तेज गिरीको मुख्य भूमिका छ । यी दुबैको बाल्यकालको भूमिका समेत देखाउन खोजिएको फिल्ममा राइडर प्रशन र सुप्रिया खनालले बाल्यकालको भूमिका निर्वाह गरेका छन् ।

फिल्ममा बेनिशा डान्स बारको नृत्य गर्ने युवतीको भूमिकामा रहेको समेत ट्रेलरबाट अनुमान लगाउन सकिन्छ । फिल्म परिक्षेद सेनले निर्देशन गरेका हुन् । राजु फुँयाल प्रस्तुतकर्ता र अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको ‘प्रेमगन्ज’ को लेखक निर्देशक परिच्छेद आफैं हुन् । सञ्जय लामाको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको फिल्ममा सम्पदा बानियाँ, नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, सञ्जोग रसाइली, पवन भट्टराई लगायतको अभिनय छ । अभिनेत्री सुरक्षा पन्तको अतिथि भूमिकामा छन् ।

किरण गुरागाईं, रेशम थापा, राजेश सुवाल, गणेश भण्डारी र निर्मल लामिछाने निर्माता रहेको फिल्मको सह–निर्मातामा प्रकाश झा, अन्जना श्रेष्ठ, भावना बस्नेत, शेखर पोखरेल, भरत काफ्ले, राजेश ढकाल, मित्रलाल ढकाल, उमाकान्त विक, विकल्प भट्टराई र ध्रुवराज घिमिरे हुन् । फिल्मलाई मोफसलमा एफडी कम्पनी र काठमाडौंभित्र डिसिएनले वितरण गर्दैछ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार