एसईईको नजिता नेपाल टेलिकमबाट हेर्न सकिने

२०७९ श्रावण १०, मंगलवार २२:१२ बजे

कठमाडौं । एसईईको नजिता नेपाल टेलिकमको बिभिन्न सेवाहरुबाट हेर्न सकिने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईईको नजिता कल गरेर, एसएमएस तथा वेबसाइट मार्फत प्राप्त गर्न सकिने व्यवस्था गरेको हो ।

कल गरेर – नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशनका पालना गरी नतिजा थाहा पाउन सकिने छ ।

एसएमएस – मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा SEE लेखेर एक स्थान (Space) छाडी अल्फाबेट सहितको सिम्बल नम्बर SEE <Space˃ ˂Symbol number with alphabet˃ टाइप गरी १६०० मा पठाउने । उदाहरणको लागि SEE 12345678A टाइप गरी १६०० मा पठाएमा आवश्यक जानकारी प्राप्त हुनेछ ।

वेबसाइट – नेपाल टेलिकमको वेबसाइट see.ntc.nrt.np मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिनेछ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार