लोकप्रिय मतमा काँग्रेस पहिलो, स्वतन्त्रलाई ३ लाख मत

२०७९ श्रावण १०, मंगलवार १८:४१ बजे

काठमाडौं : स्थानीय निर्वाचन ९२०७९० मा नेपाली काँग्रेसले नेकपा एमालेभन्दा करिब डेढ लाख बढी मत पाएको छ । निर्वाचन आयोगले मंगलबार पत्रकार सम्मेलन गर्दै वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा काँग्रेस लोकप्रिय मतमा पहिलो भएको तथ्यांक सुनाएको हो ।

काँग्रेसले ३९ लाख ५६ हजार १९३ मत पाएको आयोगले जनाएको छ । यस्तै एमालेले ३८ लाख ११ हजार ६०२ मत पाएको छ । आयोगका अनुसार काँग्रेसले ३४‍।२८ र एमालेले ३३।०३ प्रतिशत मत पाएका छन् ।एमालेभन्दा काँग्रेसले एक लाख ४४ हजार ५९१ मत बढी ल्याएको आयोगको विवरणमा उल्लेख छ । आयोगका अनुसार नेकपा माओवादी केन्द्रले १५ लाख तीन हजार २४७ मत पाएको छ ।

जनता समाजवादी पार्टीले पाँच लाख ७७ हजार ३८०, नेकपा एकीकृत समाजवादीले चार लाख २२ हजार ७३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ६४ हजार १६० मत पाएको छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले २ लाख ४४ हजार ८८२ मत पाउँदा जनमत पार्टीले १ लाख १५ हजार ३५ मत पाएको छ ।

८ पार्टी बाहेकले स्थानीय निर्वाचनमा लाख भोट खटाउन नसकेको निर्वाचन आयोगको विवरणमा उल्लेख छ । यस्तै देशभरको स्वतन्त्र उम्मेदवारले ३ लाख १२ हजार ६४५ मत ल्याएका थिए । आयोगले वडाध्यक्षले प्राप्त गरेको मतको आधारमा दलहरुको लोकप्रिय मतको गणना गरेको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार