भदौ १ गतेदेखि प्लास्टिकको झोला प्रतिबन्ध, अटेरीलाई १० लाख रुपैयाँसम्म जरिवाना

२०७९ श्रावण ११, बुधबार ०८:०० बजे

काठमाडौं । सरकारले भदौ १ गतेदेखि प्लास्टिकका झोलामा प्रतिबन्ध लगाउने भएको छ । मंगलबार वन तथा वातावरण मन्त्रालय अन्तरगतको वातावरण विभागले एक सुचना जारी गर्दै ४० माइक्रोटनभन्दा पातलो प्लास्टिकका भोलामा प्रतिबन्ध लगाउने उल्लेख गरेको हो ।

सरकारको २०७८ माघ १७ गतेको निर्णयलाई कार्यान्वयन गर्दै २०७९ भदौ १ गतेदेखि ४० माइक्रोन मोटाइभन्दा पातला प्लास्टिक झोलाहरूको आयात, भण्डारण, बिक्री वितरण र प्रयोग गर्न प्रतिबन्ध लगाएको विभागले उल्लेख गरेको छ ।

४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोलाको प्रयोगले वातावरणमा प्रतिशुल प्रभाव पर्ने, यस्ता झोला प्रयोग गरेपछि जथाभावी फ्याँक्ने गर्दा खोला तथा नदीहरुमा प्रदुषित भएको निकासा बन्द भएको हुँदा विभागले भदौ १ गतेदेखि यस्ता प्लास्टिकका झोला प्रयोगमा अनुगमन गर्ने उल्लेख गरेको छ ।

अनुगमनका क्रममा निषेधित प्लास्टिकका झोला आयात, भण्डारण, बिक्री वितरण र प्रयोग गरिएको पाइएमा विभागले वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारवाही हुने उल्लेख गरेको छ ।

जसअनुसार भदौ १ गतेदेखि प्लास्टिकको झोला यात, भण्डारण, बिक्री वितरण र प्रयोग गर्नेले १० लाख रुपैयाँसम्म नगद जरिवानादेखि, ५ वर्षसम्म कालोसूचीमा राख्ने, अदालति कारवाही र जेल सजायसम्म हुने ऐनमा उल्लेख छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार