एनसीसी बैंकको खुद नाफा ५२ प्रतिशतले बढ्यो, लाभांश क्षमता र अन्य सुचांक कस्तो ?

२०७९ श्रावण ११, बुधबार ०८:०७ बजे

काठमाडौं । नेपाल क्रेडिट एण्ड कर्मश ९एसीसी० बैंकको खुद नाफा ५१।९८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आवमा २ अर्ब २ करोड रुपैयाँ आर्जन गर्न सफल भएको हो ।

बैंकद्वारा प्रकाशित गत आवको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसारसो अवधिमा बैंकले १ अर्ब ४७ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । सो अवधिमा बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले सेयरधनीलाई १३।२३ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

यस्तै, गत आवको असार मसान्तसम्म बैंकले १ खर्बै ३४ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब २१ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जस वापत बैंकले ४ अर्ब १५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । साथै, सो अवधिमा बैंकले ५ अर्ब १४ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।

गत आवमा बैंकको खुद नाफा ५० प्रतिशतबढीले वृद्धि गर्न इम्पेरमेन्ट चार्ज रिभर्स हुँदा सहयोग भएको देखिन्छ । सो अवधिमा बैंकले ४३ करोड १६ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स गरेको हो।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ १५ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ४७ रुपैयाँ ७९ पैसा, मूल्य आम्दानी रेसियो ११।६२ र तरलता अनुपात २४।९६ प्रतिशत रहेको छ । साथै, गत आवको असार मसान्तसम्म बैंकको खराब कर्जा अनुपात १।९३ प्रतिशत, बेसरेट ९।२० प्रतिशत, स्प्रेडदर ४।०६ प्रतिशत, सीडी रेसियो ८६।५६ प्रतिशत र कस्ट अफ फण्ड १२।१२ प्रतिशत रहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार