हाइटीमा हिंसा, १० दिनको अन्तरालमा २ सय जनाको मृत्यु

२०७९ श्रावण ११, बुधबार ०८:३८ बजे

काठमाडौं : हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा १० दिनको अन्तरालमा भएको सामूहिक हिंसामा २०० भन्दा बढी मानिसको मृत्यु भएको संयुक्त राष्ट्रसंघको तथ्यांकले देखाएको छ । मारिनेमध्ये मध्ये झन्डै आधा संख्या गिरोहसँग कुनै सम्बन्ध नभएका बासिन्दा भएको राष्ट्रसंघले जनाएको छ । गिरोहले सिटी सोलेल छिमेकको नियन्त्रणको लागि लडिरहेका छन् ।

गोली हानाहानका कारण सामग्री वितरण हुन नसक्दा पानी र खानाको अभाव भइरहेको स्थानीयले बताएका छन् । एक बासिन्दाले आफ्नो जीवनलाई ‘डर, तनाव र निराशाको चक्र’ भनेर वर्णन गरे। एक वर्षअघि राष्ट्रपति जोभेनेल मोइसको हत्या पछि गिरोहको हिंसा बढेको थियो । तर, जी ९ र जी पेप भनेर चिनिने दुई आपराधिक गठबन्धनबीच जुलाई ८ मा सुरु भएको लडाई नयाँ उचाइमा पुगेको छ ।

राष्ट्रसंघका अनुसार जुलाई ८ देखि १७ सम्म २०९ जनाको ज्यान गएको थियो जसमध्ये ११४ गिरोह सदस्य थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार