पोग्बा घाइते, युभेन्टस्लाई झड्का

२०७९ श्रावण ११, बुधबार ०८:५१ बजे

काठमाडौं । इटालियन क्लब युभेन्टस्का खेलाडी पउल पोग्बा घाइते भएका छन् । नयाँ सिजनको तयारीका लागि प्रशिक्षण गर्ने क्रममा उनलाई घुँडामा चोट लागेको हो । घुँडामा चोट लागेका कारण उनी दुई महिना मैदान बाहिर रहने भएका हुन् ।

म्यानचेस्टर युनाइटेडबाट युभेन्टस् आएका पोग्बा घाइते भएपश्चात युभेन्टसलाई सिजन सुरु हुनु अघि नै झड्का लागेको छ । २९ वर्षका पोग्बा म्यानचेष्टर युनाइटेडसँगको सम्झौता सकिएपछि युभेन्टसमा आवद्ध भएका थिए ।

युभेन्टसले पोग्बाको बारेमा एक विज्ञप्ती जारी गर्दै उनी घाइते भएको र प्रि सिजनमा बार्सिलोनासँगको खेलमा मैदान नउत्रिने स्पष्ट पारेको छ । ‘पोग्बाले दाहिने घुँडा दुखेको बताएपछि रेडियोलोजिकल परिक्षण भयो । जसमा उनको ल्याटरल मिनिस्कस ९घुँडाको जोर्नी० मा समस्या आएको छ । उनले आफ्नो परिक्षणका लागि चिकित्सकसँग सल्लाह गर्दै उपचारका लागि बस्नेछन् ।’

पोग्बाले युभेन्टसमा प्री सिजनको एक खेल मात्र खेलेका छन् । मेक्सिकन क्लब चिवासविरुद्ध उनी ४५ मिनेट मात्र मैदानमा रहेर गोल पनि गर्न सफल भएका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार