बायर्नले भित्र्यायो १७ वर्षीय युवा स्टार

२०७९ श्रावण ११, बुधबार ०८:५२ बजे

काठमाडौं । जर्मन च्याम्पियन बायर्न म्युनिखले १७ वर्षीय युवा स्टार माथिस तेललाई अनुबन्ध गरेको छ । बायर्नले माथिसलाई फ्रेन्च क्लब रेन्सबाट अनुबन्ध गरेको हो । लिग वानमा उनले गत सिजन ७ खेलमा जम्मा ५० मिनेट मात्र खेलेका थिए ।

अहिलेको जेनेरेसनको उत्कृष्ट युवा खेलाडीको रुपमा रहेका माथिसका लागि बायर्नले २८।५ मिलियन युरो खर्च गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएको छ । बायर्नका स्पोर्टिङ डिरेक्टर हसन सालिहामिडिचले माथिस तेल युरोको ठूलो क्षमतावान खेलाडी रहेको भन्दै उनी प्राविधिक रुपमा बलियो र भर्सटायल स्ट्राइकर रहेको बताए ।

उनले यसैवर्ष फ्रान्स यु(१७ टिमबाट युरोपियन च्याम्पियनसिपको उपाधि जितेका थिए र उनी टिमका कप्तान पनि थिए । बायर्नले लामो समयदेखि उनलाई हेरेको र क्लबको लागि यो अर्को महत्वपूर्ण कदम भएको हसनले बताए ।

बायर्नले क्लबका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई बार्सिलोनामा बेचेपछि उनी भन्दा झण्डै आधार उमेरका स्ट्राइकर भित्र्याएको हो ।

जर्मन च्याम्पियन क्लबमा अनुबन्ध भएपछि माथिसले बायर्न विश्वकै उत्कृष्ट क्लबमध्ये एक रहेको भन्दै आफू उत्साहित रहेको बताएका छन् । उनले बायर्नमा ३९ नम्बर जर्सी लगाउनेछन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार