नेपाल बैंकको खातामा जम्मा गरेको ग्राहकको ६ लाख रुपैयाँ हरायो, राष्ट्र बैंकले अनुसन्धान गर्दै

२०७९ श्रावण ११, बुधबार २१:५६ बजे

काठमाडौं । नेपाल बैंको खातामा एक ग्राहकले जम्मा गरेको ६ लाख रुपैया हराएको छ । गत साउन २ गते नेपाल बैंकको रोल्पा घर्तीगाँउ शाखाका ग्राहक जनक वलीको खाताबाट उनको अनुमति बिना नै ६ लाख १८ हजार रुपैँया अन्य बैंकको खाता र इसेवामा ट्रान्स्फर भएके थियो । वलीले आफ्नो अनुमती बिनानै खाताबाट पैसा ट्रान्स्फर भएको भन्दै नेपाल बैंक र प्रहरीमा उजुरी दिएका छन् । उनको खाताबाट अज्ञात व्यक्तिले मोबाइल बैंकिङको पास कोर्ड प्रयोग गरी पैसा झिकेको बैंक र प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

ग्राहकको खाताबाट पैसा गाएब भएको समाचार बाहिरिएपछि नेपाल राष्ट्र बैंकले बिशेष चासो दिँदै अनुसन्धानको लागि टोलि पठाउने भएके छ । खाताबाट पैसा गायब भएको घटनामा राष्ट्र बैंकको अनुसन्धान पछि ग्राहकको कम्जोरीले हो कि नेपाल बैंककै कारणले हो भन्ने खुल्नेछ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार