चुनाव हार्ने डर भएपछि बामदेव गौतम चुनावनै नलड्ने

२०७९ आश्विन १२, बुधबार १६:०० बजे

काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम मङ्सिर ४ गतेको चुनाव नलड्ने मुडमा छन् । राष्ट्रिय सभा सदस्य समेत रहेका गौतम प्रतिनिधि सभा चुनाव लड्ने कुनै गृहकार्य नगरेको उनी निकट नेताहरूले बताएका छन् ।

गौतमले चुनाव लड्न नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा प्रयोग गर्न दिन प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई माओवादीले अनुमोदन गरिसकेको छ ।

गौतमले चुनाव लड्न प्युठानबाट इच्छा व्यक्त गरेका थिए तर गठबन्धनमा सहमति हुन नसकेको एक नेताले बताए । अहिले गठबन्धनमा प्युठान जनमोर्चाले लिने भन्दै आफ्नो दाबी छोड्न मानेको छैन । जनमोर्चाकै अडानका कारण गौतम चुनावी मैदानबाट बाहिरिने भएका हुन् ।

‘उहाँ चुनाव लड्ने तयारीमा हुनुहुन्न । चुनाव लड्ने गरी भेटघाट र छलफल समेत गर्नुभएको छैन’ गौतमका छोरा हरिश गौतमले भने, ‘यो पटकको चुनाव सायद उहाँ लड्नु हुन्न । आवश्यक परेका व्यक्तिलाई जिताउन भने सहयोग गर्न सक्नुहुन्छ ।’ तर, सत्ता गठबन्धनले उहाँलाई आवश्यक ठानेमा भने चुनाव लड्न सक्ने गौतमको भनाई छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार