लक्ष्मी बैंकमा अजय बिक्रम शाहको कार्यकाल पुन: ४ वर्षको लागि थप

२०७९ श्रावण १३, शुक्रबार ०७:४० बजे

काठमाडौ । लक्ष्मी बैंकले सिईओ अजय बिक्रम शाहलाई दोहोयर्याउने निर्णय गरेको छ । साउन ११ गते बसेको बैंक सञ्चालक समितिको बैठकले शाहलाई पुनः सिईओ बनाउने निर्णय गरेको हो ।

शाहले लक्ष्मी बैंकमा चार वर्षे कार्यकाल काम गरिसकेका छन् । उनलाई बैंकले पुनः आगामी एक कार्यकालका लागि सिईओ बनाउने निर्णय गरेको हो । स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट करिअर आरम्भ गरेका शाहले १० वर्ष काम गरेपछि लक्ष्मी बैंक रोजेका थिए । उनले लक्ष्मी बैंकमै काम गरेको करिब २ दशक पुगिसकेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार