‘सर्दी लाग्छ नरुझ पानीमा’ मा रामजी र जुनाको रोमान्स

२०७९ श्रावण १३, शुक्रबार ०७:४४ बजे

काठमाडौं : तीज नजिकिँदै गर्दा तीजका लागि भनेर बनाइएका गीतहरू अहिले धमाधम बजारमा आउन थालेका छन् । यस्तैमा गीतकार तथा गायिका गायत्री थापाको नयाँ तीज गीत ‘सर्दी लाग्छ नरुझ पानीमा’ सार्वजनिक भएको छ ।

लोकशैलीमा तयार गीतमा रामजी खाँड र शान्तीश्री परियारको स्वर रहेको छ । गीतमा प्रेमी प्रेमिकाले एक अर्कोको चिन्ता गर्दै झरीमा नरुझ भनेका छन् । राजेश सुनामको संगीत तथा एरेन्ज रहेको गीतको आकर्षक भिडियो समेत बनेको छ । भिडियोमा गायक रामजी खाँड र मोडल जुना सुन्दासको अभिनय छ । थुप्रै कोरस समेत प्रयोग गरिएको भिडियोको निर्देशन तथा कोरियोग्राफी जेरी भण्डारीले गरेकी हुन् ।

करण चैसिरको छायाँकन, नविन घर्तीमगरको सम्पादन रहेको भिडियो शिव दर्शन फिल्मस्ले निर्माण गरेको हो । गीत दर्शक श्रोताको रोजाइमा पर्ने विश्वास गीतकार गायत्री थापाको रहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार