पुर्वअर्थमन्त्री शर्मा निर्दोष सावित, पुन अर्थमन्त्रीमा नियुक्त हुँदै

२०७९ श्रावण १३, शुक्रबार २१:०३ बजे

काठमाडौं : पुर्वअर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिन समितिको प्रतिवेदनले बजेट निर्माणको क्रमको सीसीटीभी फुजेटमा अनाधिकृत व्यक्तिको प्रवेश नभएको निष्कर्ष निकालेसंगै अर्थमन्त्रीमा पुनः शर्मा नै आउने भएका छन् ।

स्रोतका अनुसार शर्माले आफु निर्दोश सावित हुने भएकै कारण सजिलै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । यसअगिका मन्त्रीहरुको विषयमा प्रश्न उठ्दा राजीनामादिएका थिएनन् भने शर्माले पहिले नै आफु विश्वस्त भएर राजीनामा दिएका थिए ।

आर्थिक वर्ष २०७९र८० को बजेट निर्माणमा जेठ १४ गते राति करको दर हेरफेर गर्न अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराएका थिए भन्ने आरोप लागेको थियो । सो आरोप लागे संगै शर्मामाथी छानबिनको लागि संसदीय समिति गठन भएको थियो । उक्त समितिले छानबिन गरेर प्रतिवेदन बुझाएको छ । जसमा अर्थमन्त्रालयको सीसीटीभी फुटेजमा अनाधिकृत व्यक्तिको प्रवेश नभएको प्रष्ट पारिएको छ भने छानबिन समितिमा रहेका एमालेका सांसदहरुले चाहिँ फरक मत राखेका थिए ।

छानबिन शुरु भएको १७ दिन पछि बुझाइएको प्रतिवेदन अनुसार अर्थमन्त्रालयले जेठ १४ र १५ गते रातीको सीसीटिभी फुटेज डिलिट भएको बताएको थियो । तर छानबिन समितिले मन्त्रालयमा रहेको सीसीटीभी फुटेजको स्थलगत अनुगमन गरी एनभीआर मगाएर प्रहरीको साइबर ब्युरो र इन्जीनियरिङ अध्ययन संस्थाको समन्यवमा फरेन्सिक ल्याबबाट रिकोभर गरेको थियो । तर, रिकोभर भएको उक्त सीसीटीभी एनभीआरमा पनि स्टिल फुटेजहरुमात्र भएको प्रतिवेदनमा उल्लेख छ ।

समितिले थप डाटा रिकोभर गरी जेठ १४ र १५ गतेको चलायमान फुटेज अध्ययन गर्दा क्लिपहरुमा अनाधिकृत व्यक्ति प्रवेश गरेको भन्न सकिने अवस्था नरहेको प्रतिवेदनमा बताइएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार