पत्ता लाग्यो वास्तविक एम अधिकारी

२०७९ श्रावण १३, शुक्रबार २१:३३ बजे

काठमाडौं । लामो समयदेखि चर्चामा रहेर हराइरहेका एमालेका नेता एम अधिकारी पत्ता लागेको छ । नेकपा माओवादी केन्द्रमा सांसद गजेन्द्र बहादुर महतले शुक्रवार संसदमा एम अधिकारी नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी नै भएको बताएका हुन् ।
उनले एम अधिकारी भनेर गुगलमा सर्च गर्दापनि राष्ट्र बैंकको गभर्नर नै देखिएको भन्दै ‘एम भनेको मनी र अधिकारी भनेको अधिकार भएको व्यक्ति भन्ने बुझाउने र एम अधिकारी भनेको पैसाको ढुकुटीमा अधिकार भएको व्यक्ति रहेको समेत बताए ।

नेपालमा राज्यको पैसा र ढुकुटीको अधिकार भएको व्यक्तिलाई एम अधिकारी भनिने रहेछ भनेर ब्यङग्य गर्दै उनले प्रमाणित नहुने सीसीटिभी फुटेज खोज्न तिर नलागि एम अधिकारी खोज्न लागौं भन्दा नमानेर सिसिटिभि खोज्न लागेर लामो समय खेर फ्याँकेको समेत बताए ।

संसदमा बोल्दै उनले भने एम अधिकारी खोज्ने समिति त बनेन् तर मैले एक्लै एम अधिकारी खोजेर पत्ता लगाएको छु, राष्ट्रको ढुकुटीमा अधिकार भएको व्यक्ति एम अधिकारी हुन र उनी नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नै रहेकोले यो प्रमाण सहित सभामुख सामु बुझाएको छु उहाँ माथि कारबाही होस् ।’

एम आधिकारीको वास्तविकता लुकाउनलाई प्रतिपक्ष दल एमालेका नेताहरुले ठुलै संर्घष गरे पनि आफुले आज छर्लङ पारेको बताए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार