यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, डलरको मूल्य अहिलेसम्मकै उच्च

२०७९ आश्विन १३, बिहीबार ०७:१४ बजे

काठमाडौं : नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रुपैयाँ ८१ पैसा र बिक्री दर १३१ रुपैयाँ ४१ पैसा रहेको छ। यो डलरको अहिलेसम्मकै उच्च रेट हो । युरो एकको खरिद दर १२५ रुपैयाँ २२ पैसा र बिक्री दर १२५ रुपैयाँ ७९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १३९ रुपैयाँ ५९ पैसा र बिक्री दर १४० रुपैयाँ २३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७७ पैसा र बिक्री दर ३५ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार