पाकिस्तानले इङ्ग्ल्यान्डलाई हरायो

२०७९ आश्विन १३, बिहीबार ०७:२६ बजे

काठमाडौं : घरेलु टोली पाकिस्तानले इङ्ग्ल्यान्ड​विरुद्धको पाँचौं टी-ट्वान्टीमा जित निकालेको छ । बुधबार राति भएको खेलमा पाकिस्तानले इङ्ग्ल्यान्डलाई ६ रनले हराएको हो ।

पाकिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो ।

जितसँगै पाकिस्तानले ७ खेलको सिरिजमा ३-२ को अग्रता बनाएको छ । सिरिज अन्तर्गत अव दुई खेल खेल्न बाँकी छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार