पाकिस्तानमा चिनियाँमाथि हमलाः १ जनाको मृत्यु, २ घाइते

२०७९ आश्विन १३, बिहीबार ०७:३९ बजे

इस्लामाबाद : पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा रहेको एउटा दन्त चिकित्सालयमा अज्ञात बन्दुकधारीहरूले गोली चलाउँदा एक चिनियाँ नागरिकको मृत्यु भएको छ र अन्य दुई जना घाइते भएका छन् । उनीहरूविरुद्ध लक्षित हमला भएको पाकिस्तानी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आक्रमणकारीहरू बिरामी भएको बहाना गर्दै कराँचीको सदर क्षेत्रमा रहेको क्लिनिकमा प्रवेश गरेका थिए । घाइते हुनेमा एक महिला पनि छन् ।

पीडित सबै चिनियाँ नागरिक रहेका प्रहरीले पुष्टि गरेको छ । घाइते दुबै जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । उनीहरुको पेटमा गोली लागेको छ । घटबारे अनुसन्धान गर्न सिन्ध प्रान्तका मुख्यमन्त्रीले निर्देशन दिएका छन् । एजेन्सी

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार