सिलौटा प्रहार गरी श्रीमतिको हत्या : श्रीमान पक्राउ

२०७९ आश्विन १३, बिहीबार ११:०२ बजे

जनकपुरधाम : धनुषामा सिलौटा प्रहार गरी एक महिलाको हत्या भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका -६ मुसहरी टोल बस्ने ३५ वर्षीया आशा देवी सदाको मसाला पिध्ने सिलौटाले हानेर हत्या भएको प्रहरीले जनाएको छ ।

हत्या आरोपमा उनका श्रीमान रेविया सदालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार अपराह्न ४ बजे श्रीमान रेवियाले मादक पदार्थ सेवनको नशामा सिलौटा प्रहार गरी श्रीमती आशाको हत्या गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले बताए ।

उनलाई घटनाको केही समय पश्चात् पक्राउ गरेको प्रहरीले जनाएको छ । हत्या गर्न प्रयोग गरिएको सिलौटा र वियरको बोतल बरामद गरि ज्यानसम्बन्धी कसुरमा म्याद थप गरि थप अनुसन्धान गरिरहेको डीएसपी क्षेत्रीले जानकारी दिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार