बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

२०७९ आश्विन १३, बिहीबार ११:१४ बजे

काठमाडौँ : नेपाली बजारमा सुनको मूल्य बढेको छ। बिहिबार छापावाला सुनको मूल्य प्रति तोला ९२ हजार ८ सय रुपैयाँ तोकिएको छ।

बुधबार प्रति तोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार २ सयले बढेर प्रति तोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले बढेको छ। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ४५ सय रुपैयाँमा कारोबार भएको थियो।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार