सचेत बनौ , डेङ्गुबाट मृत्यु हुनेको संख्या बढ्दैछ

२०७९ आश्विन १३, बिहीबार ११:३६ बजे

चितवन : डेङ्गुको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ। राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेङ्गुुका कारण मृत्यु भएको हो।

स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेङ्गुु पुष्टि भएको थियो। उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए। यसअघि यही असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेङ्गुुका कारण मृत्यु भएको थियो।

जिल्लामा हालसम्म सात सय ४३ जनामा डेङ्गुु सङ्क्रमण पुष्टि भएको छ। उनीहरुमध्ये चार सय ५९ चितवनका छन्। बाहिरी जिल्लाका एक सय ७५ र ठेगाना नखुलेका एक सय नौ जना रहेका छन्। चार हजार चार सय ४९ जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गुु सङ्क्रमण पुष्टि भएको कार्यालयले जनाएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार