चाडपर्वका कारण महानगरको काम रोकिदैन : बालेन

२०७९ आश्विन १३, बिहीबार १३:३० बजे

काठमाडौँ : काठमाडौं महानगरपालिकाले चाडपर्वका बेलामा विशेष वा अन्य कारण फुटपाथ व्यवस्थापनमा लचिलो नहुने बताएको छ। महानगरपालिकाका मेयर बालेन्द्र शाहले एक विज्ञप्ति जारी गर्दै पूर्ण र दीर्घकालीन रुपमा अभियान सञ्चालन गर्ने बताएका हुन्।

‘सडक व्यापारले पैदल मार्गमा हिँड्ने यात्रुलाई बाधा गरेको कुरा सर्वसाधारणले महसुस गरेको विषय हो। त्यसैले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रुपमा होइन पूर्ण र दीर्घकालीन रुपमा सञ्चालन गर्नेछ,’ मेयर शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरा समेत स्पष्ट पार्न चाहन्छौँ।’

काठमाडौंको सहरी सुन्दरता बढाउन फुटपाथ व्यापारलाई रोक लगाउने अडानबाट पछि नहट्ने उनले बताएका हुन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार