
काठमाडौँ : सुनसरी क्षेत्र नम्बर ३ को प्रदेशसभा (२) मा नेकपा एमालेका रादेव यादव विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका विन्देश्वर यादवलाई ५८८ मतान्तरले पराजित गरे।
रामदेव १९ हजार ४७९ मतसहित विजयी भएका हुन्। पराजित भएका विन्देश्वरले १८ हजार ८९१ मत ल्याएका छन्।
यो क्षेत्रबाट तेस्रो प्रयासमा नेकपा एमालेकी भगवती चौधरी संघीय संसदमा निर्वाचित भएकी छन्। उनले गच्छदारलाई ५ हजार बढीको मतले पराजित गरेकी हुन्।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।