सुनसरी ३ मा विजय गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी विजयी

२०७९ मंसिर १३, मंगलवार २०:१० बजे

काठमाडौं : सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चोधरी निर्वाचित भएकी छन् ।

४० हजार सात सय ८८ मत प्राप्त गर्दै चौधरी निर्वाचित भएकी हुन् । उनले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पाँच हजार एक सय ८८ मतान्तरले पराजित गरिन् । गच्छदारले ३५ हजार छ सय मत प्राप्त गरे ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले छ हजार चार सय ५३ मत प्राप्त गरे ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार