
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई प्रस्तावक राखेर अर्का महामन्त्री गगन थापालाई प्रधानमन्त्री बनाउने परिस्थिति सिर्जना गर्नुपर्ने बताएका छन्।
मंगलबार थापाको निवास पुगेर शर्माले गगन थापालाई प्रधानमन्त्री बनाउन प्रस्तावकको रूपमा देउवाको नाम लेख्न सक्ने परिस्थिति बनाउनु आफ्नो जिम्मेवारी भएको बताएका हुन्।
यदी शीर्ष नेताहरू सर्वसहमतिमा पुर्याउन नसकेमा भने आफैं प्रस्तावक बन्ने उनले बताए। झापा प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट नवनिर्वाचित उनी मंगलबार मात्रै काठमाडौं आइपुगेका हुन्। उनी काठमाडौं आएपछि गगन थापाको रातोपुलस्थित निवासमा पुगेर बधाई दिएका थिए।
उनले त्यहाँ पुगेर बधाई दिन मात्रै नभई प्रधानमन्त्री बनाउने अभियान सुरू गर्न समेत आएको बताए।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।