प्यालेस्टाइनलाई समर्थन गरेका कारण विश्वकपमा रोनाल्डोलाई खेल्न नदिएर बेन्चमा राखेको खुलासा

२०७९ पुष १४, बिहीबार ११:३७ बजे

काठमाडौं : टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले रोनाल्डोलाई प्यालेस्टाइनलाई समर्थन गरेकोले फुटबल विश्वकपमा राजनीतिक रूपमा प्रतिबन्ध लगाइएको बताएका छन् ।

टर्कीको आधिकारिक एनाडोलु एजेन्सीका अनुसार अर्दोआनले एक कार्यक्रममा भने, “उनीहरूले रोनाल्डोलाई ‘खेर’ फाले । दुर्भाग्यवश, उनीहरूले उनीमाथि राजनीतिक प्रतिबन्ध लगाए। खेलको ३० मिनेट मात्रै बाँकी हुँदा रोनाल्डोजस्तो खेलाडीलाई मैदानमा पठाउनु भनेको मानसिक रूपमा विचलित बनाउनु हो। जसले उसको सबै उर्जा खेर गयो।”

उनले भने, ‘रोनाल्डो प्यालेस्टाइनको पक्षमा उभिने व्यक्ति हुन् ।’ विश्वकपको क्वाटरफाइनल खेलमा ३७ वर्षीय रोनाल्डोलाई दोस्रो हाफमा वैकल्पिक खेलाडीको रूपमा पठाइएको थियो। खेलमा पोर्चुगल मोरक्कोसँग १–० ले पराजित भएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार